भोटेकोशीमा ठूलो बाढी, रसुवागढीको मितेरी पुल र भन्सारमा रोकिएका गाडी बगायो
२४ असार, काठमाडौँ । चिनियाँ भूमिमा परेको भिषण वर्षासँगै आएको बाढीले भोटेकोशी नदीमा अहिलेसम्मकै ठुलो बाढी आएको छ । उक्त बाढीका कारण त्रिशुली नदीको जल सतह ह्वात्तै बढेको छ ।
प्रत्यक्षदर्शीका अनुसार नेपाल र चीन जोड्ने मितेरी पुलमा समेत बाढीले क्षति गरेको छ । केरूङमा सामान लिन जान लागेका र सामान लिएर फर्किदै गरेको गाडीहरू पनि बाढीमा बगेका छन ।

भन्सारको कामका लागि रोकिइ राखेका सवारी साधानहरू समेत बताएको प्रत्यक्षदर्शीले बताएका छन । जिल्ला प्रशासन कार्यालय रसुवाले भने नदीमा ठूलो बाढी आएका सचेत रहन अनुरोध गरेको छ ।
प्रकाशित मिति : २४ असार २०८२, मंगलवार ०६:४४









