सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त
२३ असार, काठमाडौं । सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सोमबार तीन न्यायाधीश नियुक्त गर्नुभएको हो ।
न्यायाधीश नियुक्त हुनेहरूमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा रहनुभएको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार १७:३४









