वैदेशिक रोजगारमा रहेकालाई आईपीओमा आवेदन दिने अवधि घटाइयो
२३ असार, काठमाडाैं । वैदेशिक रोजगारमा रहेकालाई आईपीओ भर्ने अवधि घटाइएको छ । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्कासन गरिने आईपीओमा आवेदन दिने समयावधि घटाएको हाे । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका(नवौँ संशोधन)२०८२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओमा आवेदन दिने अवधि कम्तीमा १५ दिन कायम गरिएकोमा त्यसलाई घटाएर ४ कार्यदिनमा कायम गरेको छ ।
उक्त अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा उक्त समयावधि खुल्ला भएको मितिले १५ दिन सम्म कायम रहने व्यवस्था समेत गरिएको छ ।
प्रकाशित मिति : २३ असार २०८२, सोमबार १६:३८













