२ आश्विन २०८२, बिहीबार | Fri Sep 19 2025

प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

२३ असार, काठमाडाैं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे हाे ।

साथै, उहाँले आज बसको बैंकको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्नुभएकाे छ। नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना र डेपुटी गभर्नर बम बहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावलको उपस्थिति रहेको थियो ।

यस अवसरमा प्रभु बैंकका सञ्चालकज्यूहरु र प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति रहेको थियो । विसं २०८१ पुस २९ गते सम्पन्न बैंकको २३ औं वार्षिक साधारण सभामा सर्वसाधारण समूहका सेयरधनीहरुको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका किशोरजङ्ग कार्की गत असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३८०औं बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन हुनुभएकाे थियाे ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गर्नुभएका अध्यक्षज्यू यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, अर्थ मन्त्रलाय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रलायको सहसचिवको रुपमा सेवा गरिसक्नु भएको छ ।

त्यसैगरी निजामति किताबखाना, आन्तरिक रजश्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाली सक्नुभएका अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेर समेत विविध कार्यानुभव हासिल गर्नुभएकाे छ ।

३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा सेवारत रही विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गरेका अध्यक्ष कार्कीको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक लिमिटेड, सेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय भएको बैंकले जनाएको छ। अध्यक्षको सबल नेतृत्वबाट प्रभु बैंकको व्यापार व्यवासाय अभिबृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार १५:५८