यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२३ असार, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन साेमबार सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार २२.२५ अंकले घटेर २६८४.०१ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन माथिल्लो मैलुङ्ग खोलाको सेयरमूल्य सर्वाधिक बढेकाे छ । कम्पनीको सेयरमूल्य आज ६.५६ प्रतिशतले बढेकाे हाे । त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.२८ प्रतिशत, भगवती हाइड्रोपावरकाे सेयर ४.०६ प्रतिशतले बढेकाे छ ।
प्रकाशित मिति : २३ असार २०८२, सोमबार १५:३०