२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

सिटिजन्स बैंकको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२३ असार, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ६६९.९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १११ रुपैयाँ तोकिएको छ । सो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सो सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : 09:50