१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, देशव्यापी पराजयको समिक्षा हुने


९ चैत, काठमाडौँ । चुनावी पराजयको समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । बैठकमा सबै नेताहरूलाई आवश्यकता अनुसार बोल्न दिइने तयारी कांग्रेसले गरेको छ ।

बैठकमा नेतृत्वप्रति असन्तुष्ट नेताहरू थप आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छन । त्यस्तै संस्थापन पक्ष कुन नेताले निर्वाचन क्षेत्रमा गएर कति भोट बढाए भन्ने हिसाब माग्ने तयारी गरेको छ ।

कांग्रेभित्र अहिले संस्थापन र प्रतिपक्षीका रूपमा नेताहरू व्यापक रुपमा बाँडिएका छन् । अहिले पौडेल पक्ष आक्रामक र संस्थापन रक्षात्मक देखिँदै गर्दा तेस्रो विचार समूह दाबी गर्दै सिटौला पक्ष आफ्नो धार बलियो बनाउने तयारीमा लागेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ०६:५५