१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

युराेपियन युनियनको पर्यवेक्षण प्रतिवेदन निर्वाचन अायोगद्धारा अस्वीकार


९ चैत, काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव पर्यवेक्षणबारे युरोपेली सङ्घद्वारा जारी प्रतिवेदन अस्वीकार गरेको छ । ‘इयुको प्रतिवेदन र त्यस सम्बन्धमा इयूले जारी गरेको प्रेस विज्ञप्ति भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिता विपरीत समेत देखिएकाले उल्लिखित निर्वाचन पर्यवेक्षण प्रतिवेदन आयोगलाई पूर्णतः अस्वीकार्य रहेको छ’, आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

इयूबाट पेश भएको निर्वाचन पर्यवेक्षण प्रतिवेदन आयोगसँग गएको कात्तिक ७ गते भएको समझदारीपत्र र त्यस समझदारीपत्रका साथ संलग्न निर्वाचन पर्यवेक्षण आचारसंहिताका १२ बुँदाको गम्भीर उल्लंघन गरी तयार गरिएको आयोगको भनार्इ छ ।

पर्यवेक्षणको सीमा बाहिर गई पर्यवेक्षण गर्ने र प्रतिवेदन गर्ने सम्बन्धमा आयोगले आगामी दिनमा निर्वाचन पर्यवेक्षण गर्ने संस्थालाई अनुमति प्रदान गर्दा अझ गम्भीर हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ०६:५१