२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

रातिमा माछा मार्न गएका माझीको गोहीको आक्रमणबाट मृत्यु

२० असार, भरतपुर । बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो ।

चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । बिहीबार राति एक जना साथीका साथ माछा मार्न गएका थिए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार ११:२३