१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

नेप्सेमा एक इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

१९ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबार कम्पनीको ३.५९१५४९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

समायोजनपश्चात कम्पनीको सेयर मूल्य ५१९.७७ रुपैयाँ कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५३८.४४ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा अब आइतबार कम्पनीको कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १७:१३