१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

सान्भी इनर्जीको आईपीओ डिम्याट खातामा, कहिले हुन्छ नेप्सेमा सूचीकृत ?

१९ असार, काठमाडौं । सान्भी इनर्जी लिमिटेडको सेयर सम्बन्धित सेयरधनीहरूको खातामा आएको छ । कम्पनीको सेयर बुधबार लगानीकर्ताको डिम्याट खातामा आएको हो  ।

अब सो सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको सेयर जेठ २६ गते बाँडफाँड भएको थियो  । सेयर बाँडफाँड भएको लामो समय बित्दा पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत नहुँदा सेयर पर्ने लगानीकर्ताहरू निराश हुन थालेको थिए ।

सामान्यतया कुनै पनि कम्पनीको सेयर बाँडफाँड भएको एक देखि दुइ साताको बिचमा सूचिकृत भइ कारोबार गर्न सुरू हुने गरेकोमा यस कम्पनीको सेयर भने ढिला भएको हो । झन्डै महिना दिन बित्न लाग्दा कम्पनीको सेयर बल्ल लगानीकर्ताको खातामा आएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १५:०५