७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

निरन्तर बढ्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

१९ असार, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । पछिल्लो केही दिनदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ७ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १७० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १३:२४