राप्रपाका उपाध्यक्ष समेत रहेका ठेकेदार विक्रम पाण्डेले विशेष अदालतलाई ४ करोड बुझाएर रिहा
२ माघ, काठमाडाैँ । राप्रपाका उपाध्यक्ष समेत रहेका ठेकेदार विक्रम पाण्डेले विशेष अदालतमा ४ करोड बुझाएर रिहा भएका छन । भ्रष्टाचारको मुद्दामा अदालतले पाण्डेसँग ४ करोड रूपैयाँ धराैटी मागेपछि उनी त्यसका लागि ग्लोबल अाइएमइ बैंकलाई जमानीमा राखी छुटे । सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा अदालतले ४ करोड मागेको हो ।
अख्तियारको फरारको सूचीमा रहेका पाण्डे बुधबार विशेष अदालतमा अाफैँ उपस्थित भएका थिए । बुधबार नै अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले ४ करोड धरौटी माग्ने निर्णय गरेपछि उनी ग्लोबल आईएमई बैंक ग्यारेन्टी बसेपछि उनी धरौटीमा छुटेको हुन ।
पाण्डे प्रमुख रहेको सिटिसिई कालिका कन्ट्रक्शन जेभीले सिक्टा सिचाई आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माणको ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो । नहर निर्माणमा गरिएको लगानी शून्य अवस्थामा पुगेको अख्तियारको ठहर छ ।
प्रकाशित मिति : २ माघ २०७५, बुधबार १९:०३