१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

मोटरसाइकल चोरी गर्ने धादिङका सन्तोषसहित दुई जना पक्राउ

१८ असार, काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् । बागमती प्रदेश ०२-०५५ प ४० ६८ नम्बरको मोटरसाइकल सहित धादिङको गजुरी गाउँपालिका ७ घर भई हाल काठमाडौंको पशुपती बस्ने २२ वर्षीय सन्तोष कोईराला र सोही ठाउँ बस्ने २७ वर्षीय सजिर श्रेष्‍ठलाई काठमाडौंको पशुपती मन्दिर नजिकैबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाइकल काठमाडौंको बालाजुबाट हराएको भनि गोरखाका सुरज तामाङले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । नियन्त्रणमा आएका दुवैजनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार ११:११