सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ काराेबार ?
१७ असार, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ८८ हजार १०० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १५५ रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी प्रतितोला दुई हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : १७ असार २०८२, मंगलवार १४:३०