गायिका एलिना चौहान पुगिन् साइबर ब्युरो
१६ असार, काठमाडाैं । गायिका एलिना चौहान सामाजिक सञ्जालमा आफूविरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरु विरुद्ध साइबर व्युरो पुगेकी छन् । सोमबार साइबर ब्युरो पुगेर उनले सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी हुन् ।
गायिका एलिनाले लगातार अमर्यादित कमेन्ट गर्नेविरूद्ध साइबर ब्युरो पुगेको बताइन्। अभद्र कमेन्ट गर्ने बाँकी व्यक्तिहरुलाई पनि क्रमैसँगले जाहेरी दिँदै जाने उनले बताइन्।
प्रकाशित मिति : १६ असार २०८२, सोमबार १७:२२












