नेप्सेले दियो वृद्धिलाई निरन्तरता, ६ अर्ब ३८ करोडको कारोबार
१६ असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ९.१९ अंकले बढेर २६३१.४८ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सो कम्पनीको सेयरमूल्य ३२ रुपैयाँ ४८ पैसा बढेर ३५८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।
यस दिन सहास उर्जा कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ५३ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ४.९२ प्रतिशत घटेको छ।
प्रकाशित मिति : १६ असार २०८२, सोमबार १५:२८













