२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

१६ असार, काठमाडौं । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले रुपन्देही -३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

 रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १४:५६