२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

१६ असार, काठमाडाैं । सरकारले प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १३ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्दै साे जानकारी दिनुभएकाे हाे  ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूः

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १३:५५