२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित थुनुवा फरार

१५ असार, काठमाडाैं । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित एक थुनुवा फरार भएका छन् । फरार हुनेमा पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भइ काठमाडौं गोंगबु बस्ने २१ वर्षीय निराजनजंग ठकुरी  छन् ।

आइतबार बयानका लागि अदालत लगेका उनी हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयाे । उनलाई प्रहरीले जेठ ३० गते चोरी आरोपमा पक्राउ गरेको थियो।उनको मुद्दा अनुसन्धान सकेर प्रहरीले बयानका लागि आइतबार अदालतमा लगेको थियो। शौचालय जाने भनेर हिँडेका उनी फरार भएको एसपी बोहराले बताए।

प्रकाशित मिति : 17:21