२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

प्रतिनिधिसभामा सङ्घीय निजामति सेवा विधेयकमा छलफल सुरु

१५ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक २०८२’ मा छलफल सुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएपछि छलफल सुरु भएको हो ।

त्यसपछि सभामुख देवराज घिमिरेले समितिको प्रतिवेदन  विधेयकका दफाहरुमा मात्र छलफल गरिने जानकारी गराउँदै सांसदहरूलाई विषयान्तर नगर्न अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : १५ असार २०८२, आईतवार १५:५५