नेप्सेमा हरियाली, कारोबार रकम भने घट्यो
१५ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा हरियाली छाएकाे छ । यस दिन नेप्से २६.५३ अंकले बढेर २६२२.२८ को विन्दुमा कायम भएको हो । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन ३२८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन गत बिहीबार ७ अर्ब ७८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियाे । यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक घटेको छ।
प्रकाशित मिति : १५ असार २०८२, आईतवार १५:३१













