१९ चैत्र २०८२, बिहीबार | Fri Apr 3 2026

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

१५ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । यस दिन नेप्से ३०.०९ अंकले बढेर २६२५.८४को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा हरियाली छाउँदा यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लाएको छ । त्यसैगरी, विन्ध्यावासिनी हाइड्रोपावरको सेयरमूल्य ८.९७ प्रतिशतले बढेको छ भने १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित मिति : १५ असार २०८२, आईतवार १५:१६