बैंकिङ कसुर मुद्दामा पक्राउ परे लगत्तै ठेकेदार मनोज भेटवाल अस्पताल भर्ना
१५ असार, काठमाडाैं । ठेकेदार मनोज भेटवाल पक्राउ परेलगत्तै अस्पताल भर्ना भएका छन्। शुक्रबार पक्राउ परेका भेटवाललाई प्रहरीले सोही राति ह्याम्स अस्पतालमा भर्ना गरेको हो। बैंकिङ कसुर मुद्दामा पक्राउ परेका भेटवालकाे क्याबिन नम्बर ८१२ मा राखेर उनको उपचार भइरहेको छ ।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले विज्ञप्ति जारी गर्दै भेटवाललाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको जानकारी गराउनुभएकाे थियाे । भेटवालमाथि अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंमा म्याद थप गर्ने तयारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : 14:08









