१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

माघे संक्रान्तिको मेलामा १ सय ६५ केजीको बोका हेर्नेको भीड

२ माघ, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा माघे संक्रान्तिको मेलामा १ सय ६५ केजीको बोका अाकर्षणको केन्द्र बनेको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा माघे सक्रान्ति पर्वको अवसरमा लागेको बृहत कृषि,पशु मेला तथा प्रविधि प्रदर्शनी एवंम सांस्कृतिक कार्यक्रममा १ सय ६५ केजीको बोयर बोका मेलाको आकर्षण बनेको हो ।

तस्बीरः उज्यालोअनलाइन डटकम ।

मेलामा अाएका अधिकांश मानिसहरूको अाँखामा बोयर जातको बोका नै परेको थियो । सन्धिखर्क नगरपालिका वडा नम्वर ११ डिभर्नामा रहेका कृषकहरुले तीन वर्षअघि अष्ट्रेलियाबाट ३ लाखमा ल्याएर पालेको बोयर बोका १ सय ६५ केजीको भएको छ ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार ०८:५४