१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

प्रदेश नं ४ का मुख्यमन्त्रीद्धारा हरेक प्रदेशमा प्रज्ञा–प्रतिष्ठान खोल्नुपर्नेमा जोड


८ चैत पोखरा । पोखरामा विश्व रंगमञ्च दिवसका अवसरमा प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक प्रदेशमा प्रज्ञा प्रतिष्ठान खोल्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आजदेखि पोखरामा राष्ट्रिय नाटक महोत्सव शुरु भएको छ ।नाट्यप्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले देशभरका रंगकर्मीलाई भेटघाट गर्नाका साथै नाट्य क्षेत्रमा भएका गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

प्रज्ञा– प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ, नाट्य विभाग प्रमुख रमेशनन्दन झा, कार्यक्रम संयोजक पुष्कर गुरुङ, पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीलगायतले नेपाली नाट्य क्षेत्र तथा पोखराका नाट्य गतिविधिबारे चर्चा गरेका थियो ।

यही चैत १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । महोत्सवमा नाट्य क्षेत्रका बारेमा समेत छलफल हुने छ ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १९:५७