७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

१३ असार, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ ६ बजे प्रकाशित हुने भएको छ ।  परीक्षा नियन्त्रक गणेश भट्टराईले आज केहीबेरअघि सम्पन्न बोर्ड बैठकले आजै साँझ ६ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको बताउनुभयाे ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार १५:०६