२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

नुवाकोट बाढी अपडेटः बेपत्ता महिला खोज्न कुकुरसहितको टोली परिचालन

१३ असार, काठमाडौं । नुवाकाेटमा बाढीले बगाउँदा बेपत्ता भएकी महिलाको खोजीकार्यका लागि कुकुरसहितको टोली परिचालन भएको छ । उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा ७ जना सुरक्षाकर्मी सहित २ वटा सर्च एन्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयाे ।

ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन् । उनका श्रीमान अशोक बलामी भने घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

बेपत्ता मअिलाकाे खोजीकार्य तथा उद्धारका लागि शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेडाँडाबाट ६५ जना सुरक्षा फौज परिचालन भएका छन् । बाढीले सोही ठाउँमा रहेको ३ वटा गोठ समेत बगाउँदा केही पशुचौपाय समेत बगेको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार १४:०२