८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

सिन्धुपाल्चोकमा सामूहिक बलात्कारपछि बालिकाको हत्या, ५ जना पक्राउ

१३ असार, काठमाडौं । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको  अनुसन्धानबाट खुलेको हाे ।

असार १० गते भोटेकोशी गाउँपालिका-५ को जंगलमा तामाङको बलात्कारपछि हत्या भएको  प्रहरीले जनाएकाे छ । यसबारे शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार १३:४७