बलात्कार आरोपमा पक्राउ परे वाईसीएल नेता
१३ असार, काठमाडौं । बलात्कार आरोपमा माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) का एक नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रूकुम पश्चिमका ३० वर्षीय रेशम खत्री छन् ।
१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा क्षेत्रीलाई सानोभेरी गाउँपालिकामा रहेको एउटा होटलबाट प्रहरीले बिहीबार पक्राउ गरेको हो । १७ वर्षकी किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै खत्रीविरुद्ध जेठ १८ मा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी प्रमेश विष्ट जानकारी दिनुभयो । पीडितले बच्चा समेत जन्माइसकेकी छन् ।
प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार १२:३९












