७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो तोलाको ?

१३ असार, काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा भारी अंकको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घटेर छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ४०० रुपैयाँमा कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य शुक्रवार तोलामा १० रूपैयाँले घट्दै २ हजार १६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार ११:४१