१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सनराइज बैंकको अध्यक्षमा दुगड

१ माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सनराइज बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

दुगड गत पुस २९ मा भएको बैंकको साधारण सभाबाट पुनः सञ्चालकमा निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिनुभएको बैंकले जनाएको छ । शपथ ग्रहण समारोहमा राष्ट्र बैंक पदाधिकारी तथा सनराइज बैंकका नवनिर्वाचित सञ्चालक र पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार ००:०३