२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सन नेपाल लाइफको हकप्रद सेयर बाँडफाँड

१३ असार, काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड भएको छ। कम्पनीले निष्कासन गरेकाे २७ प्रतिशत हकप्रद सेयर असार १२ गते बाँडफाँड भएको हो । कम्पनीले गत वैशाख ४ गतेसम्म कायम सयेरधनीका लागि गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको थियो ।

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ३ लाख ९० हजार ३५० जना सेयरधनीहरुलाई १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये २ लाख २४ हजार ७२८ कित्ता सेयर भने अवितरित रहेको छ । बिक्री नभएको बाँकी सेयर अब कम्पनीले लिलामीमा ल्याउनेछ । हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम भुक्तानी चैत ३० गतेदेखि आईपीएसमार्फत आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार १०:३१