२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश

१२ असार, काठमाडौं । टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीमाथि प्रधानमन्त्री र गृहमन्त्रीविरूद्ध अभिव्यक्ति दिएको आरोप थियो। विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै असार १ गते उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १८:००