एचआईडीसीएलको कम्पनी सचिवमा पनेरु नियुक्त
१२ असार, काठमाडाैं । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को कम्पनी सचिवमा रमेश पनेरु नियुक्त हुनुभएकाे छ । कम्पनीको सञ्चालक समितिको ३१८ औं बैठकले पनेरुलाई कम्पनी सचिवको अतिरिक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
पनेरु हाल कम्पनीमा कामु प्रमुख प्रबन्धक(वित्त)का रुपमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १६:३१









