२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

रास्वपाको महामन्त्री पद विवादः सर्वोच्चले असार १७ गतेमा दुवै पक्षलाई बोलायो

१२ असार, काठमाडौं । सर्वोच्च अदालतले डा. मुकुल ढकालले दिएको रिटमाथि छलफल गर्न दुवै पक्षलाई असार १७ गते छलफलका लागि बोलाइएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सुनुवाइपछि दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

आफूलाई महामन्त्री दाबी गर्दै  ढकालले बुधबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १५:०१