२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

नेपाल आयल निगमले बाेलायाे साधारणसभा

१२ असार, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले विशेष साधारण सभा बोलाएको छ। असार ९ गते बसेको निगमको सञ्चालक समितिको बैठकले असार २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्षमा साधारण सभा बोलाएको हो । सभा  दिउँसो १ बजेबाट सुरु हुनेछ ।

सभामा नेपाल आयल निगमको प्रबन्धपत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ को दफा २१ बमोजिम स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १३:५९