३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

११ असार काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिन देखि सुनको मूल्यमा निरन्तर घटिरहेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १०:४९