३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

तोलामै १७ सय घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

१० असार, काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार १०:५१