ओम मेगाश्री फर्मास्युटिकल्समा दुई जना सञ्चालक निर्वाचित
१० असार, काठमाडाैं। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित हुनुभएकाे छ । असार ६ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएकाे हाे ।
दुवै जना सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १० असार २०८२, मंगलवार १०:४७









