२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९ लाख ९४ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

१० असार, काठमाडाैं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले केही सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले आजदेखि ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । बिक्रीमा राखिएकाे सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेश गर्न सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् । साथै, निर्धारित समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार ०९:३१