माघे संक्रान्ति पर्वले सामाजिक एकता सुदृढ बनाउन मद्दत पुग्ने राष्ट्रिपति भण्डारीको विश्वास
१ माघ, काठमाडौँ । राष्ट्रिपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वले सामाजिक एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी गरेकी छन् । माघे संक्रान्ति पर्वको अवसरमा एक शुभकाना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
विशिष्ट सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वले मुलुकलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति भण्डारीको ठम्याइ छ । एउटै पर्वलाई फरकफरक नाम र शैलीले मनाउने नेपाली परम्पराले शान्तिको सन्देश फैलाएको राष्ट्रपति भण्डारीको भनाइ छ ।
प्रकाशित मिति : १ माघ २०७५, मंगलवार ०९:१२