कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
८ असार, काठमाडौं । काठमाडौंको पेप्सीडिपो नजिक मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर मदनभण्डारी पेप्सीडिपो नजिक सडकमा बा.प्र ०२-०३७ प ६८२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय पवन पराजुलीको मृत्यु भएको हो ।
शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ८ असार २०८२, आईतवार १५:०८









