२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रबहादुर खत्री

१ माघ, धादिङ । धादिङ उद्योग वाणिज्य सङ्घको आगामी तीन वर्षे कार्यकालका लागि रुद्रबहादुर खत्री निर्वाचित हुनुभएको छ । सोमबार भएको मतदानमा खत्री ६५४ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद थपलियाले ६१२ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत ढोलकराज ढकालले जानकारी दिनुभयो ।

यसैगरि विष्णु श्रेष्ठ, मनमायाँ गोतामे, गीता पाठक, गणेश अधिकारी, रामकुमार शाह, राजाराम सिलवाल, अजय त्रिपाठी, विष्णुमणि श्रेष्ठ, ईश्वरप्रसाद कोइराला, सुदीप रसाइली, पुष्पराज थपलिया, सुरेन्द्र श्रेष्ठ, रमेशभाइ अधिकारी, गोविन्द भण्डारी, निर्पेश न्यौपाने, शङ्कर पण्डित, लोकनाथ डल्लाकोटी, विश्वराम दुवाडी, रामकुमार डल्लाकोटी र किरणचन्द्र रावल जिल्ला कार्यसमितिमा विजयी हुनुभएको छ । कूल एक हजार ५८९ सदस्य रहेकोमा एक हजार ३०४ जनाले मतदान गर्नुभएको थियो ।

प्रकाशित मिति : 08:00