आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
८ असार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला दुई हजार १५०रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : ८ असार २०८२, आईतवार १०:५७