अभियान लघुवित्तले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव
८ असार, काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । असार ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले असार ३० गते काभ्रेपलाञ्चोकमा रहेको ताम्राकार पार्टी भेन्युमा दिउँसो साढे १२ बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको हो ।
सभामा अन्य उपयुक्त लघुवित्त संस्थासँग गाभिने (मर्जर) प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार दिने विशेष प्रस्ताव पेश गर्नेछ। मर्जरका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने अवस्था आएमा त्यससमेत गर्न पाइनेगरी प्रस्ताव ल्याइनेछ।
यसैगरी सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असार १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : ८ असार २०८२, आईतवार १०:००












