८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र नासु अख्तियारको नियन्त्रणमा

६ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायव सुब्बा सन्दीप साहलाई नियन्त्रणमा लिएको छ । पोखरियनगरपालिकामा कार्यरत कर्मचारीहरूले विभिन्न योजनाहरूको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयहरूमा अनियमितता गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारले श्रीवास्तवलाई वीरगन्ज महानगरपालिका-१२ प्रतिमा चोकबाट र वडा-३ को प्रगतिनगरबाट साहलाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट ४ थान मोबाइल समेत बरामद भएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १६:०७