८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

६ असार, काठमाडौं । चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-११ घर भएका ४० वर्षीय विरेन्द्र खत्री रहेका छन् । खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंको २०८१ चैत २९ गतेको फैसला उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जेबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १४:०६