२ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026

नुवाकोटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शंकरको मृत्यु

६ असार, काठमाडौं । सवारी दुर्घटनामा एक जनाएको मृत्यु भएको छ । बिहीबार दिउँसो नुवाकोट, बेलकोटगढी गाउँपालिका-७ कल्चेडीभिरस्थित सडकमा ना.६ ख १०६० नम्बरको ट्रकले बा.प्र.०२-०२९ प १६४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तारकेश्वर गाउँपालिका-३ बस्ने ४५ वर्षीय शंकर मान श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १३:५१