१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

राष्ट्रिय बीमा कम्पनीले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

६ असार, काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले असार २९ गते काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा। लि मा बिहान ११ बजे तेस्रो साधारणसभा बोलाउने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष (आव) २०७५/२०७६ आव २०७६/२०७७ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, कम्पनीको सोही दुई आवको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा/नोक्सान हिसाब तथान नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित सनुसूचीहरूमाथि छलफल गरी पारित गर्नेछ। साधारणसभा प्रयोजनार्थ कम्पनीले असार २३ गते देखि साधारणसभाको दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसकाे अर्थ असार २२ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरू मात्रै सभामा सहभागि हुन सक्नेछन्।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार ११:५२